१२ मंसिर २०७८ आइतबार

वाग्मती प्रदेशः मुख्यमन्त्रीका लागि राजेन्द्र पाण्डेद्वारा ५९ सदस्यको हस्ताक्षरसहित दाबी पेश

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन्।

उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। 

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए। 

राजनीति

प्रकाशित: १० कात्तिक २०७८ २०:१८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी