प्रदेश नं २ मा प्रहरी समायोजनको माग

प्रदेश नं २ मा प्रहरी समायोजनको माग


काठमाडौं ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई अबिलम्ब प्रहरी समायोजनको माग गर्दै पत्र लेखेका छन् ।

उनले ऐन निर्माण भए पनि प्रहरी समायोजनतर्फ संघीय सरकारले अहिलेसम्म चासो नदिएको भन्दै गृहमन्त्री थापालाई पत्र पठाएका हुन् । मन्त्री यादवले भने, “ऐन बनेको आठ महिना बितिसक्दा पनि प्रहरी समायोजन गर्नेतर्फ संघीय सरकारले चासो नदिएको हुँदा पत्र लेखेको हुँ ।”

उनीद्वारा गृहमन्त्री थापालाई प्रेषित पत्रमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा १२ (१) मा प्रदेश प्रहरीको परिचालन र सुपरिवेक्षण प्रदेश सरकारले गर्नेछ भन्ने स्पष्ट व्यवस्था रहेको जानकारी गरएिको छ ।

पत्रमा भनिएको छ, “प्रहरी समन्वय ऐन राष्ट्रपतिबाट ०७६ माघ २८ गते नै प्रमाणीकरण भई कार्यान्वयनमा आएको पनि झण्डै आठ महिना बितिसकेको छ, कानूनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने हो, तर व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुन नसकेको अवस्था छ ।”

Skip This
Logo