वाग्मती प्रदेशः मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत (लाइभ)

वाग्मती प्रदेशः मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत (लाइभ)


वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन्। प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन्। 

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत मागेका हुन्। उनको प्रस्तावमाथि अहिले दलीय धारणा राख्ने कार्य भइरहेको छ। 

वाग्मतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन्। 

तर, गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध रहेकाले उनले विश्वासको मत पाउने सम्भावना बलियो रहेको नेताहरू बताउँछन्। 

Logo