कोरोनाबाट संसारलाई मुक्तकाे कामना गर्दै विराटनगरका मेयरले गरे घस्रेर दण्ड प्रणाम यात्रा

कोरोनाबाट संसारलाई मुक्तकाे कामना गर्दै विराटनगरका मेयरले गरे घस्रेर दण्ड प्रणाम यात्रा


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस वर्षको छठमा विश्वबाट कोरोना हटेर जाओस् भन्ने कामना सहित घिस्रिँदै यात्रा गरेको बताएका छन् । 

केन्द्रबिन्दुसँगको कुराकानीका क्रममा उनले भने, ‘विश्वबाट कोरोना हटोस् । नगरवासीमा शान्ति छाओस् भनेर छठकाे व्रत बसेको हुँ । नगरको विकास सुशासका साथै नगरवासीको कल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा समेत गरेँ । यो पटकको मेरो यात्रा अन्तिम हो ।’  

सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठको व्रत बस्दै आएका छन् ।

उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेको पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत वर्ष पाँच घण्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पराजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ वर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् ।

 

Logo