ढुक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ- मन्त्री आले

ढुक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ- मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले डडेलधुरामा एयरपोर्ट बन्ने बताएका छन्। डडेलधुरा सदरमुकाममा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले डडेलधुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताएका हुन्। 

उनले डडेलधुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए। 

उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने पनि बताए। ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थापन गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे। 

साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस विमानस्थलको काम छिटोभन्दा छिटो अगाडि बनाउन पनि निर्देशन दिएको  उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्‍यो भन्नुभएको छ। तपाईँहरू ढक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ।’ न्युज कारखाना

Logo