नेकपा वैज्ञानिक समाजवादीले औपचारिक रुपमा संघर्षका कार्यक्रम अगाडि बढाउने

नेकपा वैज्ञानिक समाजवादीले औपचारिक रुपमा संघर्षका कार्यक्रम अगाडि बढाउने


नेकपा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले औपचारिक रुपमा संगठनिक र संघर्षका कार्यक्रम अगाडि बढाउने भएको छ।

महोत्तरीको बर्दिबासस्थित किसाननगरमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सांगठनिक संरचनादेखि राष्ट्रिय भेलाको विषयमा निर्णय गरेको हो।

संघीय राजधानीमा २७, २८ र २९ माघमा राष्ट्रिय भेला गर्ने निर्णय भएकाे संयोजक विश्वभक्त दुलाल आहुतीले जानकारी दिए। देशव्यापी रुपमा विविध संघर्षका कार्यक्रमसमेत रहेकाे उनले बताए। 

१० मंसिरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध खवरदारी गर्न देशका प्रमुख शहरमा प्रदर्शन गर्ने निर्णय पनि समाजवादीले गरेकाे छ। 

बैठकले १८ मंसिरमा एमसिसीको गलत सारको विषयमा हरेक प्रदेशको राजधानीमा गोष्ठी गर्ने, २८ मंसिरमा एमसीसीविरुद्ध देशैभर प्रदर्शन गर्ने, पुस महिनाभरी संसदीय व्यवस्थाको गलत चरित्र र यसले पार्ने प्रभावका विषयमा देशव्यापी जागरण अभियान चलाउने कार्यक्रम छन्।

Logo