कांग्रेस प्रदेश प्रतिनिधिमा १८ बर्षकी किशोरी चयन

कांग्रेस प्रदेश प्रतिनिधिमा १८ बर्षकी किशोरी चयन


मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन् । १८ वर्षकी रक्षा यादव सर्व सहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिक्रिया दिएकी छिन् । अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन । यस क्षेत्रबाट रक्षा मात्र सर्व सहमत प्रतिनिधि चयन भएकी हुन् । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि ऊर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए । 

Logo