प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ। 

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो। 

सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई जबरालाई महाअभियोग लगाउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए।

न्यायालय शुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनु पर्ने बारको जिकिर छ। 

Logo