एमाले महाधिवेशनमा एक तिहाइ महिला प्रतिनिधि निर्वाचित

एमाले महाधिवेशनमा एक तिहाइ महिला प्रतिनिधि निर्वाचित


नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा कुल प्रतिनिधिको करिब एक तिहाइ महिला निर्वाचित भएका छन् ।

एमाले महाधिवेशनमा कुल ६२६ महिला प्रतिनिधिले भाग लिनेछन् भने कम्तीमा ३३ प्रतिशत केन्द्रीय सदस्य महिला निर्वाचित हुनेछन् ।

स्थायी कमिटी बैठकमा पेस भएको विवरण अनुसार देशभरबाट हालसम्म १९५ दलित प्रतिनिधि चयन भएका छन् । तीमध्ये ६२ जना दलित महिला प्रतिनिधि रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले केन्द्रबिन्दुलाई जानकारी दिए ।

एमाले महाधिवेशनका लागि हालसम्म १८८९ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने २३८ जना पदेन प्रतिनिधि हुने एमालेले जनाएको छ । त्यस्तै १०३ जना केन्द्रीय कमिटीबाट मनोनीत हुनेछन् ।

Skip This
Logo