कांग्रेस महाधिवेशनः अछाम क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक

कांग्रेस महाधिवेशनः अछाम क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक


नेपाली कांग्रेस क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ। क्षेत्र नम्बर २ मा मंगलबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो।

महाधिवेशन र क्षेत्रीय कार्य समितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाह विजयी भएका छन्। उनले ५ सय ४५ मत ल्याएका छन्।

यस्तै दोस्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेस्रोमा बलबहादुर कुँवरले ४ सय ८५, चौथोमा सुरतबहादुर विष्टले ४ सय ४८, पाँचौँमा ओम प्रकाश विष्टले ४ सय ४६, छैटौँमा नमबहादुर शाही ४ सय १४, सातौँमा गणेशबहादुर विष्टले ३ सय ९९, आठौँमा वेदप्रकाश तिमिल्सिनाले ३ सय ९६, नवौंमा यज्ञप्रसाद ढकाल ३ सय ९५ र १०औंमा लक्ष्मणबहादुर शाहले ३ सय ८७ मत ल्याएर विजयी भएका छन् ।

शाह र प्रतिनिधि सभा सदस्य रामबहादुर विष्टको बराबर मत आउँदा गोला प्रथाबाट शाह विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधिको खुल्लामा २१ जनाले प्रतिस्पर्धा गरेका थिए।

यस्तै महिला खुल्लामा सबैभन्दा बढी मतका साथ युवा नेतृ अम्बिका चलाउने विजयी भएकी छन् । महासमिति सदस्यता तथा पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख उनले ४ सय ५१ मत प्राप्त गरेकी छन् ।

दोस्रोमा कांग्रेस नेतृ अञ्जु मल्ल शाहले ४ सय ३ मत, तेस्रोमा सुदूरपश्चिम प्रदेश सभा सांसद अम्बि कुमारी थापाले ३ सय ६८ मत प्राप्त गरेकी छन् भने चौथोमा कमलबजार नगरपालिका उपप्रमुख समेत रहेकी भुमिशरण ढकाल बजगाईंले ३ सय ७३ मत प्राप्त गरेकी छन्। चार जना महिलाको लागि आठ जना प्रतिस्पर्धामा रहेका थिए ।

यस्तै खस आर्यतर्फ पुरुषमा ३ सय ९५ मतका साथ रामबहादुर शाही, ३ सय ८२ मतका साथ इन्जिनियर मानबहादुर शाही, ३ सय १९ मतका साथ नृप बहादुर विष्ट र ३ सय १ मतका साथ ओमजंग रावल विजयी भएका छन् । ४ जनका लागि १२ जनाले प्रतिस्पर्धा गरेका थिए।

तीन जना खस आर्य महिलामा बसन्ती कुमारी विष्ट ४ सय ७३, पूर्णा शाह ४ सय ३६ र बेलु देवी साँउद ४ सय ३५ मतका साथ विजयी भएकी छन्। तीन जनका लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए।

दुई जना महाधिवेशन प्रतिनिधि दलिततर्फ टेकबहादुर बिक र कमलबहादुर कामी (बिक) विजयी भएका छन्। उनीहरूले क्रमशः ४ सय ८७ र ४ सय ५६ मत प्राप्त गरेका छन्।

महाधिवेशन प्रतिनिधि एक जना दलित महिलाको लागि भएको प्रतिस्पर्धामा दुर्गाकुमारी बिक ४ सय ७३ मतले विजयी भएकी छन्। यस्तै एक जना अपांगमा ३ सय ६४ मतसहित कृष्ण ढकाल विजयी भएका छन् ।

२५ जना महाधिवेशन प्रतिनिधिका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। ५४ वडा रहेको क्षेत्र नम्बर २ मा ८ सय ५६ मतदाता रहेकोमा ८ सय ४२ जनाले मतदान गरेका थिए। यस्तै १५ जना क्षेत्रीय कार्य समितिको लागि २७ जनाको प्रतिस्पर्धा भएको थियो । जसमा पुष्पराज शर्मा समूहको पुरै टिम विजयी भएको छ।

क्षेत्र नम्बर १ मा भने मतगणनाका क्रममा १८ मत बढी भेटिएको भन्दै मतगणना स्थगित भएको छ। जम्मा ७ सय ६४ मतदाता रहेको क्षेत्र नम्बर १ मा ७ सय ४७ मत खसेको थियो। खसेको मत भन्दा १८ मत बढी भेटिएपछि विवाद हुँदा गणना स्थगित भएको हो।

Logo