अन्तरधार्मिक महासंघद्वारा काठमाडौं महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अन्तरधार्मिक महासंघद्वारा काठमाडौं महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


अन्तरधार्मिक शान्ति महासंघ नेपालले काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधवार आयोजित कार्यक्रममा महासंघले करिब चार लाख बराबरको स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरेको हो । बढ्दो कोभिड–१९ जोखिम रोक्न महासंघले केही सहयोग होस् भन्दै करिब चार लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताएको छ । 

महासंघका महासचिव डा. महेन्द्र भट्टराईले हस्तान्तरित सामग्रीले कोभिड नियन्त्रणमा सघाउ पुग्ने जानकारी दिए। उनले कोभिडका कारण अशान्ति मच्चिएको पनि जानकारी दिए। ‘कोभिड–१९को जोखिम बढी रहेको छ। हाम्रो तर्फबाट पनि यसको नियन्त्रणमा केही सघाउ होस् भन्ने हेतुले बागमती प्रदेश अन्तरगत काठमाडौं महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौँ, अपेक्षा गछौं समाजमा अशान्ति मच्चाइरहेको कोभिड–१९ केही हद सम्म नियन्त्रण हुन्छ’,डा. भट्टराईले भने।

हस्तान्तरित सामाग्री बुझ्दै काठमाडौं महानगरपालीकाले यसलाई आवश्यकता र प्राथमिकताको आधारमा सामाग्री वितरण गर्ने जानकारी दिएको छ। स्वास्थ्य शाखा प्रमुख सजिना महर्जनले सहयोगले कोभिड नियन्त्रणमा धेरै सघाउ पुग्ने पनि बताइन। ‘अन्तरधार्मिक शान्ति महासंघले करिब चार लाख बराबरको कोभिड–१९ नियन्त्रणमा सघाउ पुग्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। हामी धन्यवाद दिन चहान्छौं, यो सामानलाई हामी आवश्यकता र प्राथमिकताको आधारमा वितरण गछौं,’महर्जनले भनिन्।

महासंघले सातवटै प्रदेशमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत बुधवार बागमती प्रदेशमा सामान हस्तान्तरण गरेको हो। सामाग्री हस्तान्तरण कार्यक्रममा महांसघका प्रतिनिधि, महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

Logo