नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा बन्द सत्र सुरु हुनुअघि उनले कर्णाली भूगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्द सत्र र मनोनयन दर्ता आज नै हुँदैछ ।
नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्।
एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययकाे संख्या थप्न गर्न राखेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ ।
अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पाेलिटब्यूराे ब्यूताएकाे छ । ९९ सदस्यीय पाेलिटब्यूराे हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ ।
पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्याउने निर्णय भएको छ ।
राजनीतिप्रकाशित: ११ मंसिर २०७८ १०:२२ शनिबार