एमाले महाधिवेशनः विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल

एमाले महाधिवेशनः विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल


नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन्। एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाँबायाँ हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए।

पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए। उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए।

रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दायाँबायाँ नहुने बताएका थिए ।

बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए।

'विधानअनुसार सबैलाई अधिकार रहन्छ। जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो। उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए। धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ । 

यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ। यसका साथै शनिबारको बन्दसत्र सकिएको छ। ओलीले आज १० बजे सबैलाई उपस्थित हुन निर्देशन दिएका छन्। अब का कार्यक्रम आज बिहान ११ बजेबाट सुरु हुने छन् ।

बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ।

शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो। यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो। बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो । जसमा ९९ जना सदस्य रहनेछन्। गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो । 

भीम रावललाई ओलीको जवाफ- उम्मेदवार बन्ने कसैको अधिकार खोसिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलतर्फ इंगित गर्दै उम्मेदवार बन्ने कसैको अधिकार नखोसिने बताएका छन्। उनले विधान अनुसारको अधिकार सबैले प्रयोग गर्न पाउने बताएका हुन्।

ओलीले सहमतिको प्रयास गर्दै आएको भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका छन्। 'विधानअनुसार सबैलाई अधिकार रहन्छ। जबरजस्ती सहमति गरिँदैन। जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो। उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन', ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी फिर्ता लिनुहुन्छ भनेका थिए। यसका साथै ओलीले सहमति र एकता भएको बताएका थिए ।
 

Skip This
Logo