माओवादी केन्द्र महोत्तरीको अधिवेशन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

माओवादी केन्द्र महोत्तरीको अधिवेशन: १२२ वडा र १ पालिकामा सर्वसम्मत


नेकपा ( माओवादी केन्द्र) महोत्तरीको वडा अधिवेशन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।

१३८ वडा मध्य बाकी १६ वडामा पाटीको विधानमा उल्लेख भएका केही प्रक्रियागत अप्ठ्याराले अधिवेशन बाकी रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरू टुंगो नलागेको हुनाले अधिवेशन  हुन नसकेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

आज यी सबै प्रक्रियागत अप्ठ्याराहरू टुंगिएका छन् भोलि नै बाकी वडामा अधिवेशन हुनेछ, ´ इन्चार्ज खडकाले भने ।

१६ वडाको अधिवेशन टुंगिएसँगै माओवादी केन्द्र महोत्तरीको वडा अधिवेशन सम्पन्न हुनेछ भने दोस्रो चरणमा पालिका अधिवेशन सुरु हुनेछ ।

मनरासिस्वा नगरपालिकाको सबै वडाको अधिवेशन सकिएपछि नगर अधिवेशन समेत सम्पन्न गरेको माओवादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।

अहिले नेकपा (माओवादी केन्द्र) महोत्तरीमा ८ हजार नयाँ सदस्यहरूले नवीकरण गरेको माओवादीले जनाएको छ ।

Skip This
Logo