एमालेकाे महाधिवेशन भोलिसम्म लम्बिन सक्ने

एमालेकाे महाधिवेशन भोलिसम्म लम्बिन सक्ने


एमाले नेता पृथ्वी सुब्बा गुरुङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् ।

एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जस कारण नेतृत्व निकै ठुलो दबाबमा छ ।

‘सहमतिको प्रयास भइरहेको छ । आजको आवश्यकता पार्टी एकता हो । सहमतिको आवश्यकता हो । लोकतान्त्रिक अधिकार प्रयोग गरेर उहाँलाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको प्रस्ताव ल्याउनुस् भनेर हलले जिम्मेवारी दिएको छ । कोठामा बसेर एक्लै घोषणा गर्ने त होइन । साना मसिना कुरा होइन । धेरै ठुलो र गम्भीर कुरा छ । त्यसैले महाधिवेशन लम्बिन पनि सक्छ,’ गुरुङले भने ।

Logo