११ माघ २०७८ मंगलबार

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरे संयोजक तोकिए

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजीनामा स्वीकृत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । घिमिरे समितिका वरिष्ठ सदस्य थिए ।

संयोजक यादवले स्वास्थ्यको कारण देखाई एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा रही हालसम्म काम गरेकामा धन्यवाद दिएका छन् ।

राजनीति

प्रकाशित: १२ मंसिर २०७८ १२:५१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी