११ माघ २०७८ मंगलबार

कांग्रेस अधिवेशन: अछाम १ मा पुनः मतदान हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ अछाममा पुनः मतदान हुने भएको छ । यही मंसिर ६ गते भएको निर्वाचनमा बढी मत खसेको भन्दै पुनः मतदान हुने भएको हो ।

चार दिनदेखिको रस्साकस्सीपछि पुनः मतदान हुने सहमति भएको हो । मंसिर १३ गते सोमबार पुनः क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कूल ७ सय ६९ रहेकोमा ७ सय ४७ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतगणनाका क्रममा पहिलो मतपेटिका गणना भइसकेपछि दोस्रो मतपेटिका गणनाको क्रममा मतहरू रुजु गर्ने क्रममा ७ सय ७८ मत पुगेपछि विवाद उत्पन्न भएको थियो ।

राजनीति

प्रकाशित: १२ मंसिर २०७८ १७:४९ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी