महाधिवेशन विशेष: यी हुन् कांग्रेस प्रतिनिधिमा चयन भएका ८ चर्चित व्यवसायी (भिडियाे)

महाधिवेशन विशेष: यी हुन् कांग्रेस प्रतिनिधिमा चयन भएका ८ चर्चित व्यवसायी (भिडियाे)

केन्द्रबिन्दु संवाददाता
0
Shares

यति बेला देशैभर नेपाली कांग्रेसको १४ औ महाधिवेशनको चहलपहल छ । विभिन्न क्षेत्रलाई आफ्नो कर्म बनाएकाहरू पनि कांग्रेस महाधिवेशनमा प्रतिनिधि बनेर आएका छन् । विशेष गरी ठुला व्यवसायीहरू राजनीतिमा सक्रिय देखिएका छन् । नेपाली कांग्रेस पुँजीवादलाई अनुसरण गर्ने पार्टी हो । र व्यापारीले पनि पुँजीवादलाई नै अनुसरण गर्दछन् ।

कांग्रेस खुला अर्थतन्त्रलाई आत्मसात् गर्ने पार्टी भएकाले व्यवसायीहरूको रोजाइमा पर्नु स्वाभाविक नै हो । कांग्रेसको १४ औँ महाधिवेशन चलिरहँदा महाधिवेशन प्रतिनिधिको रूपमा विजयी भएसँगै राजनीतिमा पनि व्यवसायीहरूको पकड दरिलो देखिएको छ । व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका व्यवसायीहरू आफ्ना कार्यकर्तामाझ पनि लोकप्रिय देखिएका छन् । व्यवसायजस्तै राजनीतिलाई पनि व्यवस्थित तरिकाले अघि बढाउने उद्देश्यले कांग्रेसको राजनीतिमा लागेको उनीहरूको भनाई छ । हालसम्म भएका जिल्ला अधिवेशनबाट ३० जना व्यापारीहरू महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधि जित्नका लागि पहिले क्षेत्रीय प्रतिनिधि जित्नुपर्ने हुन्छ । र अनि मात्रै महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न पाइने विधानमा उल्लेख  छ । धेरै जसो व्यवसायीहरूले कांग्रेसको सांगठानिक आधार भन्दा पनि आर्थिक परिचालनबाट चुनाव जित्ने गरेका छन् । महाधिवेशन प्रतिनिधि जितेका व्यवसायीले अहिले पनि नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान भने गरिरहेकै छन् । तीमध्ये १० व्यवसायीको आज यहाँ चर्चा गरिएको छ । 

१. विनोद चौधरी

वि.सं. २०६४ सालमा चौधरी नेकपा एमालेबाट समानुपातिक सांसद बनेका थिए । २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसमा आबद्ध भएका थिए । त्यही वर्ष उनी काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए । उनी नेपालका एक मात्र अर्ब पति हुन । चौधरी फाउन्डेसनले नेपालमा दिगो विकास लक्ष्यको प्रगति र संवर्धनका लागि संयुक्त राष्ट्र विकास कार्यक्रममा हस्ताक्षरसमेत गरेको छ । 

३. देविप्रकाश भट्टचन

व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । भट्टचनलाई नेपाली काँग्रेसले २०७४ को प्रतिनिधसभाका लागि समानुपातिक सूचीमासमेत राखेको थियो । नेपाली काँग्रेसमै रहेका उनी २०४८ सालमा आम निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार थिए ।  २०४९ सालमा जिल्ला विकास समिति बागलुङको सदस्यमा निर्वाचित भएका थिए । उनी बागलुङको पुराना काँग्रेसी हुन् ।

४. मोहन आचार्य

हिमाली जिल्ला रसुवाका आचार्य निर्माण व्यवसायी हुन् ।  उनी क श्रेणीको रसुवा कन्स्ट्रक्सन कम्पनीका मालिक हुन् । वि.सं. २०४६ सालबाट नेपाली कांग्रेसको साधारण सदस्य बनी उनले राजनीतिक जीवन सुरुआत गरेका हुन । उनको औषधि उद्योग र जलविद्युत् क्षेत्रमासमेत लगानी रहेको छ । 

५. राजेन्द्र बजगाईँ

गोरखा मसेलका बजगाईँ होटल तथा पर्यटन व्यवसायी हुन् । कांग्रेसको १३ औँ महाधिवेशनमा केन्द्रीय समिति सदस्य पदमा उठेका उनी पराजित भएका थिए । २०७४ सालमा आचारसंहिता विपरीत चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीका उम्मेदवारहरूले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनले लामो समयदेखि ‘विकासका लागि राजनीति’ नारा अगाडि सारेका छन् । बजगाईँ राजनीतिज्ञ भन्दा बढी व्यापारी हुन् ।

६. खगेश्वर बोहरा

कञ्चनपुर महेन्द्रनगरमा स्थायी बासी बोहरा उद्योग व्यवसायी हुन् । बोहरा २०३५ सालमा विद्यार्थी जीवन देखी नै काँग्रेसमा आबद्ध छन् । उनले २०४३ सालमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट जिल्ला पञ्चायत सदस्य पदमा निर्वाचित भएका थिए । उनी १३ औँ महाधिवेशनमा महासमिति सदस्य भएका थिए । करिब चार दशकदेखि कांग्रेससँग निकट उनले केन्द्रीय सदस्यमा आफू आकांक्षी भएको बताउँछन् । कांग्रेसभित्रको गुट र उपगुट नेताले नभई कार्यकर्ताले आफ्नो स्वार्थका लागि बनाको उनको आरोप छ ।

७. जीपछिरिङ लामा

काङ्ग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका लामा नेता कम ठेकेदार ज्यादा हुन । आदिवासी जनजातिको कोटामा उनी सांसद बनेका थिए । दोलखाका उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत हुन् । उनले ठेक्का पाएका धेरै सरकारी प्रोजेक्ट अलपत्र छन् । शक्तिको आडमा ठेक्का हात पारेर समयमा काम नसक्ने ठेकेदारमध्ये उनी पनि एक हुन् ।

८. बहादुरसिंह लामा

नुवाकोटका लामा विं सं. २०४३ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय छन् । उनीपनि निर्माण व्यवसायी हुन् । निर्धारित समयमा काम नसक्ने उनको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सूचीमासमेत परेको थियो । नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण जस्तापाता काण्ड रहेको आरोप लगाउँदै आएका छन् । भूकम्पको बेला जनताको राहतका लागि ल्याइएको जस्तापाता तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिवसमेत रहेका रमेश महतले बिक्री गर्न खोजेको आरोप थियो । 

यसैगरी, व्यवसायी चिरञ्जीवी थापा, लीलेन्द्र प्रधान, वीरबहादुर बलायरले पनि महाधिवेशन प्रतिनिधि जितेका छन् । हेमराज तातेड, पवनकुमार सारडा, रवि सिंह, सुनिल बहादुर थापा, दयाराम पाण्डे, राजेशबहादुर सिंह, ग्याल्जेल लामा, रामजी पन्त, गोकर्ण पौडेल, विमल ढकाल, जयराम लामिछाने, इन्द्र बानियाँ, बिन्दुकुमार थापा, मिलन थापा पनि महाधिवेशन प्रतिनिधिका रूपमा जित हासिल गरेका छन् ।

त्यैसैगरी , किरण केसी पनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी स्वर्गिय सूर्यबहादुर केसीका छोरा हुन् ।  जिल्ला सभापतिमा भीमबहादुर साउद, डम्बर खड्का र कान्छा लामा पनि सक्रिय व्यवसायी हुन् ।

 

Logo