1
0
Shares

विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

1
1
1

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन्। 

उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मत निर्वाचित भएका छन्। धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए।

राजनीति

प्रकाशित: १२ मंसिर २०७८ २०:४९ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी