महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन


नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचिको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।  

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Logo