एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनाैं : सिपी गजुरेल

एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनाैं : सिपी गजुरेल


मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउछन् । उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताएका छन् ।

 
नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारेका थिए ।

नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताए । उनले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने बताएका छन् ।

Logo