केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिए विराटनगरका मेयर भीम पराजुलीले ? (भिडियो)

केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिए विराटनगरका मेयर भीम पराजुलीले ? (भिडियो)


नेपाली कांग्रेसबाट चुनाव जितेर विराटनगर महानगरपालिकाको नेतृत्व गरिरहेका मेयर भीम पराजुली पनि १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । करिब पाँच वर्ष नगरको नेतृत्व गरिसकेका पराजुलीले तत्कालै संघको राजनीति गर्ने कुनै रहर नभएको र अझै एक पटक विराटनगर महानगरकै मेयर भएर काम गर्ने इच्छा भए पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने केन्द्रबिन्दुसँगको अन्तर्वार्तामा बताएका छन् ।

उनले आफू मेयर भयदेखि रात दिन समाजसेवामा लागि परेको बताएका छन् । उनले भने ‘म रातदिन समाजसेवामा खटिएको छु । मेयर भएदेखि ५ घण्टा भन्दा सुतेको छैन ।’ 

बाल्यकालदेखि नै कला र साहित्य प्रति लगाव राख्दै आएका पराजुली आफ्ना बुवा र दाजुको प्रेरणाले गर्दा राजनीतिमा आएको बताउँछन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राका थालनी गरेका मेयर पराजुली विराटनगरको प्रमुखमध्येको  एक महेन्द्र मोरङ क्याम्पसको स्वबियु सभापति समेत भइसकेका छन् । प्रस्तुत छ उनै मेयर भीम पराजुलीसँग केन्द्रबिन्दुका लागि निकेश बरालले लिएको अन्तर्वार्ताको सम्पादित अंश: 

 

Logo