सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङले ०.०४ मत पाए

सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङले ०.०४ मत पाए


नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ। 

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलाे र दाेस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा चुनाव हुने व्यवस्था छ ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दाेस्राे चरणकाे चुनाव हुने भएकाे हाे । 

सभापतिका लागि कुल  ४ हजार ६८१ मत खसेको थियाे । जसमा ७७ मत बदर भएको छ ।  मतपरिणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी शेखर काेइरालाले १ हजार ७२९ अर्थात २६.९३ प्रतिशत मत पाएका छन् ।

बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन्।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हाे । 

देउवा र काेइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेकाे छ। मतदानकाे समय तय भइसकेकाे त छैन तर आज मंगलबार नै मतदान हुने भनिएकाे छ।

Logo