एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनु पर्छ: अध्यक्ष ओली

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनु पर्छ: अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनु पर्ने बताएका छन्।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।”
    
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे। उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए।

Logo