माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल


माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ। प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । 

१. ज्येष्ठ क्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३. सल्लाहकार कमिटी : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।

४, ५.  प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा 

८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर 

१०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल 

१३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा 

१५, १६. सुदूरपश्चिम : खगराज भट्ट ।

१७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर । 

१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै । 

२०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३.  बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ 

२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेस गरिने 

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ। 

आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । 

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए। 

उनका अनुसार मंगलबार छलफल सकिने र छलफलको निष्कर्ष भने बुधबार पेस गरिनेछ।  

Skip This
Logo