माओवादी महाधिवेशन: पाँचौँ दिनको बन्द सत्र जारी, १४ समूहले आफ्नो निष्कर्ष सुनाउने

माओवादी महाधिवेशन: पाँचौँ दिनको बन्द सत्र जारी, १४ समूहले आफ्नो निष्कर्ष सुनाउने


नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्द सत्र सुरु भएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो ।

बुधवारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधवार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् । 

जारी बन्द सत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ । प्रतिवेदनमाथि उठेका जिज्ञासा र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 

Logo