माओवादी महाधिवेशन: आज देव गुरुङले जवाफ दिने

माओवादी महाधिवेशन: आज देव गुरुङले जवाफ दिने


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको छैटौँ दिन आज विधान मस्याैदामाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

बन्द सत्र बिहान ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

शुक्रवारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

Skip This
Logo