कांग्रेस केन्द्रीय सदस्यमा तीन नेता मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा तीन नेता मनोनीत


कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । 

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।  

यसअघि शनिवार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । 

Logo