आगामी निर्वाचनमा एमाले पहिलो राजनीतिक दल बन्छः ओली

आगामी निर्वाचनमा एमाले पहिलो राजनीतिक दल बन्छः ओली


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । 

पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए। 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ। त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ।’ 

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए। 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए। जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन।’ 

सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे। 

Skip This
Logo