माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई काेभिड संक्रमण

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई काेभिड संक्रमण


नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ। पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्।

उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख गरेका छन्।

'पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु। हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु,' श्रेष्ठले लेखेका छन्।

माओवादी केन्द्रकाे पार्टी कार्यालयका कर्मचारी पनि संक्रमित भएकाले अध्यक्ष प्रचण्डले बिहीबारदेखि नै भेटघाट बन्द गरिसकेका छन्।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई काेराेना संक्रमण 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काेराेना संक्रमण देखिएको छ।

उनकी छोरी गंगा दाहालले दिएकाे जानकारी अनुसार पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको हाे। गंगाले सामाजिक संजाल ट्विटर मार्फत यसकाे जानकारी दिएकी हुन्।

गंगाले ट्विटरमा लेखेकी छन्, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अध्यक्षको सम्पर्कमा आउनुहुने सबैले सावधानी अपनाउनुहोला। आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पूर्ण भेटघाट र कार्यक्रमहरू रद्द गरिएको छ।’

शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् ।

प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ।

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।
 

Logo