एमाले ताप्लेजुङकाे अध्यक्षमा भूपेन्द्र थेवे विजयी

एमाले ताप्लेजुङकाे अध्यक्षमा भूपेन्द्र थेवे विजयी


एमाले ताप्लेजुङकाे अध्यक्षमा भूपेन्द्र थेबे विजयी भएका छन्। बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै  थेवे विजयी भएका हुन् । ६३५ मत खसेकाेमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए।

थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन्।  नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए ।

उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए ।

सचिव पदमा केशरकुमार मेन्याङबो विजयी भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजयी भएका छन् । 

खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् । थेवे समूहका कुमार मादेन, कुलमणि दाहाल, अम्बिका नुगो लिम्बू, निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा र नन्दलाल गौतम विजयी भएका छन् । 

साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भए।

६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन्।

Logo