सत्तारुढ गठबन्धनको बैठक आज दिउँसाे ४ बजे बस्ने

सत्तारुढ गठबन्धनको बैठक आज दिउँसाे ४ बजे बस्ने


सत्तारुढ गठबन्धनको बैठक आज दिउँसाे ४ बजे बस्ने भएको छ। स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक बिषयमा छलफल हुनेछ।  

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन। 

दुवै नेता कोरोना संक्रमण् मुक्त भएपछि बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासहित वार्ता भएको थियो। सोही भेटवार्तापछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाइएको हो।  

Logo