एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने


नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो।

केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने। 

फागुन र चैत महिनासम्म सदस्यता वितरण र नविकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ।  प्रदेश र जिल्लामा नविकरण र अद्यावधिक पनि गरिने उनले बताए। नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए। 

Logo