1
1
1
1
1

वैदेशिक रोजगार पीडितको गुनासो समयमै सम्बोधन गर्न विभागलाई श्रम मन्त्रीको निर्देशन (भिडियाे)

1
1
1
1
1
1

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् । आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरूले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देश गरे । विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने – ‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरू आउँदा समयमा उहाँहरूलाई रेस्पोन्स लिइदिनुस् । रेस्पोन्स लिँदा पनि, के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिदाँपनि ५० प्रतिशत उसको घाउमा मलहम लाग्छ । सचिवज्यू र म अहिले आएर हेर्दाखेरी तपाईँहरूको कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कै पनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो । यसलाई सुधार्नुस् ।’

विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने श्रमिकहरूलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताए । उनले भने – ‘विशेष गरी हामीले धेरै अगाडीदेखि उठाएका जुन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम हेल्प डेस्कको रूपमा राखिएको डेस्कको विषयमा पनि, हामीले यो हुन त अस्ति नै लगभग दुई हप्ता अगाडी नै यसलाई व्यवस्थापन गर्ने, यो साँच्चै श्रमिकहरूलाई कसरी सहजीकरण गर्ने भन्ने हिसाबले हामीले भनेका छौँ । छिट्टै त्यो हेल्पडेस्कको काम श्रमिकहरूलाई सहजीकरण गर्ने हिसाबले एक, दुई दिनमै हामी अगाडी बढाउँदैछौँ ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरूले छलफल गरी मन्त्रालयमा पेस गर्न पनि आग्रह गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

Posted by Kendrabindu - केन्द्रबिन्दु on Sunday, 6 February 2022
राजनीति

प्रकाशित: २३ माघ २०७८ १३:४४ आइतबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी