११ असोज २०७९ मंगलबार
1
1
1
1

कमल थापालाई भेट्न विशानगर पुगे राजेन्द्र लिङ्देन, के भयाे कुराकानी?

1
1
1
1

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। शनिबार लिङ्देन आफैं विशानगरस्थित थापाको निवास पुगेका थिए। दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो।

महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो। भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले २७ मंसिर र १६ माघमा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए। जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए।

‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो। निवर्तमान अध्यक्षज्यूले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनुहुन्छ।’

राजनीति

प्रकाशित: २३ माघ २०७८ १६:२१ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी