निर्वाचनसम्म गठबन्धन कायम रहन्छ: शिक्षामन्त्री पौडेल

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ: शिक्षामन्त्री पौडेल


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहनु भएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए । शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए । मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लेट गर्छ । र, यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरू गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीयसरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ । स्थानीय तहको निर्वाचन एकै पटक गर्ने घोषणा भइसकेको छ । अव सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ । यो एक वर्ष निर्वाचनको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रूपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ ।’

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरूबिच पनि सोही सहमति भएको बताए । उनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने बताए । उनले त्यसका लागि सत्तारुढ दलहरूले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए ।

मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सबलीकरण गरेर अघि बढाउन जोड दिए ।

https://www.youtube.com/watch?v=etw1g2j8BeY

Logo