1
1
1
1

वाह्य शक्तिको भक्ति गर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएन : भीम रावल

1
1
1
1
1
1

नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको आरोप लगाएका छन्। 

नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको उनको आरोप छ। 

'२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ। तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन, कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो' रावलले भनेका छन्।

राजनीति

प्रकाशित: ४ फागुन २०७८ ०८:४७ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी