संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे ओली र देउवाबीच छलफल

संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे ओली र देउवाबीच छलफल


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ।
      
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छलफलमा सहभागी छन्। आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरि स्थगित भएपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन्।
      
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन्। 

छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा छन् भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन्। 

एमसीसीमा सत्तारुढ दलबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग छलफल गर्दै आएका छन्। प्रतिनिधिसभाको बैठक फागुन १३ दिउँसो १ बजे बस्ने भएको छ। 

Logo