एमसीसीकै कारण गठबन्धन धरापमा परिसक्याे, जुनसुकै बेला फुट्न सक्छ : गगन थापा

एमसीसीकै कारण गठबन्धन धरापमा परिसक्याे, जुनसुकै बेला फुट्न सक्छ : गगन थापा


कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन्।

नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन्। 

एमसीसीका विषयमा गठबन्धनभित्र सहमति नपुग्ने निष्कर्षमा पुगेको भन्दै उनले भने, ‘एमसीसीमा गठबन्धनको दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन। जस कारण  गठबन्धन धरापमा परिसक्यो।’

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए । 

सो बैठकमा प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्य गर्न, एमसीसी अनुमोदन गर्न सहयोग गर्न एमाले नेतासँग आग्रह गरेका महामन्त्री थापाले जानकारी दिए। बिहीबार साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच  प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम रहेको उनले जानकारी दिए। 

Logo