एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट पर्छ : सुरेन्द्र पाण्डे

एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट पर्छ : सुरेन्द्र पाण्डे


प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट पुग्ने बताए । 

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताए । 

एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनको भनाई छ । 
अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए । 

नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमती राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे । 

उनले भने, ‘अहिले प्रसंगवश आइरहेको एमसीसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ क्राइसिस तर्फ देश जाने होइन ? यस तर्फको अध्ययन अलिकति तपाईहरुले यसका प्रभावको बारेमा अध्ययन गर्नु पर्ने खाँचो देखिरहेको छु । यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैंक, दक्षिण एसियाली बैंकले निश्चित सहयोग दिने गर्दछ । त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ । आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ । भर्खरै हामीले ४८ अर्ब हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई फरेन्ट करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही व्यालेन्स गर्ने मद्दत गरिरहेको छ । तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन ।’ 

उनले थपे ‘नेपाल जस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागाधरो भने बुझ्नुस् हामी जोखिम र संकट तर्फ प्रवेश भयो । अमेरिकासँगको कुरामा डिल गर्ने कुरा भनेको त्यस्तै हो । एमसीसीको कज हेरेर अमेरिका हिन्दैन । त्यसलाई आउनै प¥यो भने कज नै हेर्दैन । अफगानस्थान आउँदा पनि कज हेरेको होइन उसले । इराकमा जाँदा पनि त्यसले हेरेको थिएन । उसलाई त्यो सँग केही सरोकार छैन । कतिपय मान्छेलाई के परेको छ भन्दा कज हेरेर आउँछ अमेरिका भन्ने यो गलत हो ।’ 

Logo