कमल थापाका भतिजा अभिषेकले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ

कमल थापाका भतिजा अभिषेकले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ


राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् । तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन्। 

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ  भने पाएका छैनन् । 

राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन्। गत महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। 

Logo