मंसिर अघिनै संघीय संसदको निर्वाचन हुन्छ : गगनकुमार थापा

मंसिर अघिनै संघीय संसदको निर्वाचन हुन्छ : गगनकुमार थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको निर्वाचन गर्ने बताएका छन् । 

महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसीर अघिनै संघीय संसदको निर्वाचन हुने र आफूहरुको पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने बताए । 

उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउँदै थापाले भने ‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसीर अघि नै चुनाव हुन सक्छ । हामी निर्वाचनमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो ।’

Logo