राजनीतिमा अब हुने लडाईं परमादेशी र जनादेशीबीचको लडाईं हो : केपी ओली

राजनीतिमा अब हुने लडाईं परमादेशी र जनादेशीबीचको लडाईं हो : केपी ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका हुन् । उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीबीचको लडाईं भएको बताए । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ। कहिले कृष्ण र कंशका रुपमा हुन्छ। अनेकरुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ। आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो। असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट नेकपा एमाले अघि बढ्ने बताए। 

Logo