एमसीसीमा एकीकृत समाजवादीकाे अडान नै राष्ट्रिय अडान बनेकाे माधव नेपालकाे दाबी

एमसीसीमा एकीकृत समाजवादीकाे अडान नै राष्ट्रिय अडान बनेकाे माधव नेपालकाे दाबी


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे आफ्नो पार्टीले लिएको अडान राष्ट्रिय अडान बन्न पुगेको बताएका छन्।  

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी ‘व्याख्यात्मक घोषणासहित ’पारित गर्नु बुद्धिमता भएकोसमेत दाबी गरेका छन्।  

‘हाम्रो पार्टीले उक्त कम्प्याक्टमा भएका कतिपय गलत र दोहोरो अर्थ लाग्ने विषयहरुको बारेमा स्पष्ट निरुपण नगरी अनुमोदन गर्नु हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो’, अध्यक्ष नेपालले भनेका छन्, ‘ हाम्रो पार्टीको अडान नै हाम्रो राष्ट्रिय अडान बन्यो’, अध्यक्ष नेपालको दाबी छ। उनले सुरुबाटै आफू एमसीसी यथास्थितिमा अनुमोदन गर्नुहुँदैन भन्ने पक्षमा रहेको भन्दै एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस मिलेर यथास्थितिमै पास गर्ने योजना असफल बनाएको निष्कर्षसमेत निकालेका छन्।  

अध्यक्ष नेपालको ११ बुँदे प्रतिवेदनमा एमसीसी कम्प्याक्टलाई यथास्थितीमा अनुमोदन गर्नु हुँदैन  भन्ने दृढ अडानकै कारण  व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन हुने अवस्थामा पुगेको बताए।

Skip This
Logo