सप्तरी कांग्रेस पदाधिकारीमा संस्थापन पक्षको बर्चस्व

सप्तरी कांग्रेस पदाधिकारीमा संस्थापन पक्षको बर्चस्व


नेपाली कांग्रेस सप्तरीमा सभापति बाहेकका पदाधिकारीमा संस्थापन पक्षको बर्चस्व रहेको छ ।

उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका छन् । 

उपसभापतिमा डा। शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुबनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गरेका छन् ।

सचिव पदमा संस्थापन पक्षका प्रभुनारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याएर बिजयी  भए । सो पदमा कोइराला पक्षका नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादवले ७ सय ४५ मत प्राप्त गरेका छन् । 

सहसचिवमा संस्थापन पक्षका घनश्याम साह घन्सीले १ हजार २ सय ६५ र मनोज कुमार खड्का १ हजार ८६ मत ल्याएर निर्वाचित हुँदा कोइराला पक्षका रामसुन्दर मण्डल ८ सय ४५ र मुश्लिम मियाँले ७ सय ५० प्राप्त गरे । 

यसअघि पार्टीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह निर्वाचित भएका थिए ।

Logo