सवारी चालक अनलाइन आवेदन प्रणाली बन्द, खुल्ने अनिश्चित

सवारी चालक अनलाइन आवेदन प्रणाली बन्द, खुल्ने अनिश्चित


यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। ०७८ चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सो प्रणाली बन्द रहने जानकारी सूचनामार्फत गराइएको छ।

विभागले हालसम्म परेका आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले सो प्रणाली बन्द गरिएको जनाएको छ।

हाल धेरै संख्यामा सवारी चालक अनुमति पत्र वितरण गर्नु पर्ने भए तापनि स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई र विभिन्न कारणले समयमै लाइसेन्स पाउन सकिएको छैन। यही कुरालाई मनन गरि विभागले यो व्यवस्था गरेको बताइएको छ।

Logo