चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद हाे : डा.बाबुराम भट्टराई

चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद हाे : डा.बाबुराम भट्टराई


जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन्। 

भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति भएको बताउँदै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वभाविक भएको बताए । 

चुनावको मुखमा सत्ता स्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ । 

'दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं !' उनले भनेका छन्। 

Logo