महानगरका उपप्रमुख भन्छन्, ‘अब महानगरको नेतृत्व हामी गर्छौं’

महानगरका उपप्रमुख भन्छन्, ‘अब महानगरको नेतृत्व हामी गर्छौं’


नेपालमा संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन साढे एक महिना चानचुन मात्र बाँकी छ । सरकारले वैशाख ३० गतेका तोकेको निर्वाचनको तयारीमा दलहरु लागि सकेका छन् । स्थानीय तहका जनप्रतिनिधहरु कार्यकाल सकिनै लाग्दा अधुरा काम पूरा गर्न लागिपरेका छन् । कतिपय भने आफ्ना मतदाता रिझाउन हतारमा काम गर्दैछन् । जसले राज्यकोष, शक्ति र स्रोतको चरम दुरुपयोग हुँदैछ । 

स्थानीय तह निर्वाचनसम्बन्धी व्यवस्था २०७३ अनुसार राजनीतिक दलले अध्यक्ष-प्रमुख तथा उपाध्यक्ष-उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला उम्मेदवार हुनु पर्नेछ । संघीयतापछि स्थानीय तहको पहिलो कार्यकालमा महिलाहरुले उपाध्यक्ष वा उपप्रमुखमाबढी जोड दिएका थिए तर आगामी निर्वाचनमा उपाध्यक्ष-उपप्रमुखमा सीमित भएका अधिकांश महिला अध्यक्ष-प्रमुखमा दाबी गर्दैछन् । त्यसका लागि पनि केन्द्रको सहमति आवश्यक छ । 

संविधानले के भन्छ ?
स्थानीय तह सरकार सञ्चालनका निमित्त नेपालको संविधान तथा स्थानीय तह कार्य सञ्चालन ऐनले उपाध्यक्ष–उपप्रमुखको भूमिका तोकेको छ। संविधानले नै उपाध्यक्ष-उपप्रमुख न्यायिक समितिको संयोजक रहने व्यवस्था गरेको छ। त्यसैगरी स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्ष-उपप्रमुखलाई अध्यक्ष र प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ, संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य समन्वय गर्ने, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने, सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने व्यवस्था गरेको छ ।

यस्तै, कार्य विभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावलीबमोजिम हुने र कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकारसमेत उल्लेख हुनुपर्ने व्यवस्था छ। यसका अतिरिक्त उपाध्यक्ष-उपप्रमुखलाई अन्य विभिन्न समितिको संयोजक तथा सदस्य भई कार्य गर्ने जिम्मेवारी पनि तोकेको छ । 

देशभरको स्थानीय तहको अवस्था कस्तो ?
२०७४ सालमा भएको निर्वाचनबाट ७५३ वटा स्थानीय तह बनाइएको थियो । जसमा ३६ हजार ६३९  पदाधिकारी निर्वाचित भएका थिए । यसमध्ये ७५३ जना अध्यक्ष प्रमुख छन् भने ७५३ जना उपाध्यक्ष-उपप्रमुख छन् । जसमा ९४ प्रतिशत महिला उपाध्यक्ष उपप्रमुख निर्वाचित भएका छन् । हाल देशभर १४ हजार ३ सय ५६ जना महिला जनप्रतिनिधि छन् । जसमध्येनगर प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा ११ जना महिला छन् । त्यस्तै उपप्रमुख र उपाध्यक्षमा ९४ प्रतिशत महिला छन् । 

हामीले देशभर भएका ६ वटा महानगरका उपप्रमुसँग अबको योजना तथा ५ वर्षको कार्यकाल कस्तो भयो भन्ने विषयमा रिपोर्ट तयार पारेका छौं । उनीहरुको भनाइ यस्तो छ ।  

इन्दिरा कार्की, उपप्रमुख, विराटनगर महानगर
‘मैले गरेको कामबाट म सन्तुष्ट छु । मैले संविधानले दिएको हकअधिकार प्रयोग गरेर उपप्रमुखको जिम्मेवारी न्यायोचित रुपमा सम्हालेको छु भन्ने लागेको छ । मेरा जनता रपार्टी नेतृत्वमेरो कामबाट खुसी छन् । अबको मेरे तयारी प्रमुममा जाने हो ।मलाई मेरो पार्टीले विश्वास गरेको छ र म यहाँसम्म आएकी छु । यो भन्दा माथि जान पनि मलाई साथ दिन्छ भन्ने लागेको छ । ५ वर्षको समयमा धेरै काम गर्छु भनेर आएको थिए तर कोभिड र प्राकृतिक  प्रकोपका कारण नसोचेको क्षेत्रमा खर्च भयो सो कारण घोषणापत्रमा उल्लेख भएका सम्पुर्ण कुराहरु पूरा गर्न सकिएन । तर जे जति गरेको छु त्यो कामबाट जनता खुसी छन् । विराटनगर महानगरबासीले मलाई दिएको जिम्मेवारी पूरा गरेको छु भन्ने छ । जनताको साथ माया तथा तथा पार्टीको इमान्दार कार्यकर्ता भएको हिसावले मलाई पार्टीले माथि लाने छ भन्ने लागेको छ । हामी एउटा पार्टीको सिस्टममा भएकाले सो अनुरुपमा जाने तयारीले छलफल भइरहेको छ । उपप्रमुखलाई प्रमुखमा गएर काम गर्ने सजिलो छ । अनुभन र जनतासामु भिजेको छु सो कारण काम गर्ने सहज छ ।’

 

मन्जुदेवी गुरुङ, उपप्रमुख, पोखरा महानगर
‘५ वर्षको कार्यकालमा पार्टी र जनताले दिएको जिम्मेबारी पूरा गरेको छु । जनता र पार्टीले मैले गरेको कामको मुल्यांकन गर्नु भएको छ । अब पार्टीले जस्तो जिम्मेवारी दिन्छ त्यसलाई लिने योजनामा छु । मेरो कामको विषयमा जनता र पार्टीलाई राम्रो सँग थाहा छ । सो कारण पार्टीले राम्रो जिम्मेवारी दिन्छ भन्ने लागेको छ । मलाई जसरी पनि टिकट दिनै पर्छ भनेर म भन्दिन किनकी हामी एउटा नीति तथा सिद्धान्तमा चलेका छौं । ५ वर्षको कार्यकालमा कतिपय कुरा प्रतिकुल वातावरणका कारण अधुरा छन् । नयाँ कानुन जान्दा बुझदा केही समय लाग्यो । कोभिडका कारण सोचेजस्तो काम हुन पाएन तर गरेका काममा जनता खुसी छन् । कर्मचारी समायोजना, दक्ष जनशक्ति परिचालन गर्दागर्दै पनि गर्छु भनेर आँट लिएका काम गरेको छु । मैले गरेको काम राम्रो सँग देखिएका कारण विद्रोह गरेर नेतृत्व लिन्छु भन्नु पर्दैन जस्तो लाग्छ पार्टीमा सामान्य छलफल हुँदानेताहरु सकारात्मक हुनुहुन्छ । हरेक पार्टी महिलालाई अगाडि लान सकारात्मक छन् । म अब पार्टीमा फर्किएर जान्छु सो पछि कहाँ लाने पार्टीले निर्णय गर्ला ।’ 

 

गीता सत्याल, उपप्रमुख, ललितपुर महानगर
‘म पार्टीको इमान्दार कार्यकर्ता हुँ । अबको मेरो इच्छा भनेको मेयरमा जाने हो । मेरो काम पार्टीले राम्रोसँग नियालेको छ । अब मेयरमा जान योग्य छु जस्तो लागेको छ । नेतृत्वले कस्तो निर्णय गर्छ भन्ने कुरा हो । हिजोको दिनमा महिलालाई सामाजिक आर्थिक क्षेत्रमा चुनौती थियो आज अवसर प्राप्त भएको छ । आजका महिला नगरप्रमुख चलाउन सक्ने छन् । सो कारण पार्टीले यो कुराको मनन् गर्नेछ भन्ने विश्वास लिएको छु । ५ वर्षको कार्यकालमा उपमेयर चलाए। जनाताका इच्छा आकाक्षा धेरै थिए ।हामीसँगसीमित स्रोत र साधन थियो । मलाई लाग्छ जनभावनाका सबै काम गर्न सकेको छैन् । तर जेजति भएका छन् ती राम्रोसँग भएका छन् । २० वर्षपछि भएको निर्वाचनका कारण कानुनी जटिलता र बेथिति टन्नै थिए । जसले गर्दा घोषणपत्रमा उल्लेख भएका कामहरु सबै गर्न सकेको छैन भन्ने लागेको छ । आर्थिक क्षेत्रमा पहुँच नभएका कारण धेरै कामहरु अधुरा पनि छन् । संघीय गणतन्त्रको पहिलो प्रतिनिधि भएकाले जनताको हितमा काम गरेर मन जितेको छु भन्ने लाग्छ । जनता र पार्टी मप्रति सकरात्मक हुनुहुन्छ । म प्रमुखमा जान दावी गर्छु तर पार्टीको निर्णय अन्तिम हुनेछ । म एक्लै त अगाडी जाने सम्भावना छैन । जति कुरा बोलेको थिए काम गरेको छु भन्ने लागेको छ । म पदमा नरहे पनि ललितपुरबासीको साथमा छु ।’ 

 

शान्ति कार्की, उपप्रमुख, वीरगन्ज महानगर
‘पार्टीले टिकट दिए प्रमुखमानै जाने सोच छ । यदि दिएन भने म जसरी पनि उपप्रमुखमा जाने हो । लामो समयदेखि पार्टीको काममा लागियो । धेरै जनातासामु गएर काम गरेको छु । राजनीतिमा  इमान्दारिता चाहिन्छ । उमेरको हदत भन्ने कुरा मात्र हो ।मेरो काम गर्ने शैली तथा बिचार नयाँ छ । म ९३ वर्षकी भए तर पार्टीमा काम गरेको युवा अवस्थादेखि नै हो । सो कारण मेरा अनुभव जनताको चाहाना तथा महिलाको पक्षमा रहने छन् । जवानी जति सबै पार्टीको जनताको पक्षमा काम लाग्नेछ । म जसरी पनि उपप्रमुखमा जाने छु । दोहो¥याएरजान मिल्दैन भन्ने प्रश्न उठ्ने गरेका छन्। केन्द्रका नेताले दोहो¥याउन मिल्ने स्थानीयले नमिल्ले भन्ने कुरा हुँदैन । मैले पहिलापनि बहुमत ल्याएर जितेको हुँ । अब  पनि जित्छु भन्ने लागेको छ । जनताको सेवा गरेको छु । हरेक ठाउँका उपप्रमुखमा उठेका महिलालाई अगाडी बढाउन पार्टी लाग्नु पर्छ । पार्टीको काम गर्दागर्दा बुढी भइसके। अब म पार्टीमा झगडा गरेर जाने वाला छैन । मलाई टिकट दिन्छ भन्ने लागेको छ । तराईंका महिलालाई माथि उकास्ने मेरो पहिलो दायित्व रहन्छ । गर्न बाँकी रहेका काम अबको कार्यकालमा पूरा गर्ने आँट छ ।’

पार्वती शाह, उपप्रमुख, भरतपुर महानगर
‘यो ५ वर्षको नयाँ अनुभव र जनताको साथलाई मैले मेरो सम्पतिको रुपमा लिएको छु । यो अवधीमा जनभावना अनुसारका काम गरेको छु । अबको मेरो योजना मेयरमा जाने हो । उपप्रमुख भएर काम गरे अब मेयरमा जाने तयारी छ । मैले आफुले यो तयारी गरेको छु । पार्टीमा छलफल भइरहेको छ । पहिलो अभ्यास भएकाले पनि जनचाहानाको धेरै काम भएका छन् । चुनौतीको सामाना गर्दै गरेका कामले जनता खुसी छन् । यो पाँच वर्षको अनुभवलाई अब महानगर प्रमुखमा लाने योजना लिएको छु ।’

 

हरिप्रभा खड्गी, उपप्रमुख, काठमाडौं महानगर
‘संघीयता आएपछिको पहिलो स्थानीय तहको निर्वाचनमा महिलालाई उप्रप्रमुख तथा उपाध्यक्षको मात्र जिम्मेवारी दिएको थियो । तर अब महिलाहरु हरेक हिसावले नेतृत्व गर्ने तहमा पुगेका छन् । सो कारण आमनागरिकको सोचाइ तथा जीवनस्तर बदल्न जनभावना अनुसारका काम गर्ने तथा पारदर्शी नेतृत्वको विकास गर्ने मैले यो पटकको स्थानीय तहको निर्वाचनमा महानगरको प्रमुख पदमा जाने निर्णय गरेको छु । पहिलो कार्यकालमा गरेका कामले जनता सन्तुष्ट हुनुभएको छ । मप्रति मेरो पार्टी समेत सकारात्मक रहेको छ । मैले जनतासामु गरेको बाचा पूरा गरेको छु । काम कर्तव्य र अधिकार क्षेत्रभित्र रहेका जिम्मेवारीहरु पूरा गरेको छु । अनुभव तथा क्षमता अझ बढी बढेको छ । जसरी पनि पार्टीले मलाई जिम्मेवारी दिन्छ । मेरो कार्यकुशलतालाई पार्टीले नजिकबाट हेरेको छ । उपमेयर सम्हाल्ला पनि मलाई पार्टीले नै जिम्मेवारी दिएर जनताले छानेका हुन् । कामको इमान्दारिता तथा सुशासनको प्रत्याभुति भएकाले मलाई जनताले पनि साथ दिएका छन्  । मलाई पार्टीले टिकट दिन इन्कार गरे म स्पष्टसँग सोध्ने छु किन म मा के कमी भयो ? जस्तोसुकै हालतमा पनि प्रमुखमा नै जाने मेरो पहिलो मान्यता हो ।’

Logo