नेप्से परिसूचक १४ दशमलव २६ अंकले घट्यो

नेप्से परिसूचक १४ दशमलव २६ अंकले घट्यो


कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयरबजार घटेको छ । यो साता कारोबार भएको दिनदेखिनै निरन्तर ओरालो लागेको बजार आज पनि १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो । 

मंगलबार २२५ वटा धितोपत्रको ३८ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

त्यस्तै, १३ वटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

मंगलबार ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मुल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त,इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन् । कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ७९ करोड १ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Logo