देशकै ठुलो दावी गरिएको मेडीकल व्यवसायी दुर्गा पर्साईको भक्तपुरमा सञ्चालनमा ल्याइएको तरकारी बजार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्दै छन् ।
व्यवसायी प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा २ अर्ब लगानीमा तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने जनाइएको छ ।
प्रतिक्रिया